बुटवल-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।
सातौं संविधान दिवसका अवसरमा आज शूभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख शेरचनले संविधानले अंगिकार गरेको संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उनको भनाई छ ।
प्रदेश प्रमुख शेरचनले संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर गराउनको लागि हाल संघ, प्रदेश र स्थानीय तहमा जनादेशप्राप्त तीन तहका सरकारहरु आ–आफ्नो ठाउँबाट निरन्तर क्रियाशील रहेके समेत बताए ।
उक्त अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्रीहरुको उपस्थिती थियो । कार्यक्रममा विपक्षी दलका नेता र सांसदहरुको उपस्थिति थिएन।