बुटवल-पहिरोबाट भएको क्षति अवलोकनको लागि पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले गरेको हातपातप्रति नेकपा एमाले बुटवल नगरकमिटिले आपत्ति जनाएको छ।
एमाले बुटवल नगर अध्यक्ष बाबुराम पन्थीले विज्ञप्ति जारी गर्दै चुरे पहाडमा भइरहेको भू–क्षयले मानव बस्तीमा क्षति पुगेपनि बुटवल उपमहानगरपालिकाले पहिरो प्रभावित बस्तीको सुरक्षा र उनीहरुको उद्धारको लागि प्रदेश र संघिय सरकारसँग निरन्तर समन्वय गरिरहेपनि उनीमाथि हातपात हुनु दुखद भएको बताएका छन्।
पन्थीद्धारा जारी विज्ञप्तिमा एमाले जनताप्रति जवाफदेही पार्टी भएकोले प्राकृतिक तथा मानव निर्मित विपत्तिमा सधैभरी जनताको साथमा उभिदै आएको उल्लेख गर्दै प्राकृतिक विपत्तिमा परेको बस्तीको अवलोकनको लागि गएका आफ्नो पार्टीका रुपन्देही अध्यक्ष समेत रहेका मेयर सुवेदीमाथी भएको अभद्र र गैरकानुनी कार्यप्रति एमालेको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।