जाजरकोट: नेकपा (एकीकृत समाजवादी) जाजरकोटमा कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएकाे छ ।
अगुवा कार्यकर्ता भेलाबाट उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगबहादुर शाही, उप–सचिवमा मानबहादुर बुढा चएन भएका छन् ।
भेलामा नेकपा (एस) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले कम्युनिष्ट सिद्धान्त, मुल्य, मान्यता र आचरणमा रहेका नेता कार्यकर्ताहरूलाई पद, कुर्सी र पैसाको मोह नहुने बताइन् ।
सच्चा कम्युनिष्ट कार्यकर्ताले निष्ठाको राजनीति गर्ने बताउदै झाँक्रीले पैसा, कुर्सी र पदको बार्गेनिङ्ग बेमानहरूले गरिरहेको बताइन् ।
पार्टीको सिद्धान्त र नीतिप्रति इमान्दार नेता कार्यकर्ताहरूले सधैंभरी विद्रोह गर्ने बताउँदै उनले कम्युनिष्ट आचरण र नैतिकतामा भएका नेता कार्यकर्ताहरूले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले) बाट बिद्रोह गरेको बताइन् ।
जिल्लास्तरीय उक्त अगुवा कार्यकर्ता भेलामा नेकपा (एस) का कर्णाली प्रदेस कमिटी सदस्य तथा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमरबहादुर थापा, जिल्लाका नेता कृष्ण विसी, कमानबहादुर खड्का, डम्बरसिंह लगायतका नेताहरूले सम्बोधन गरेका थिए । यस्तै नेताहरूले औपचारिक रुपमा नेकपा (एस), जाजरकोट जिल्ला पार्टी कार्यालयको उद्घाटन पनि गरेका थिए।