बुटवल-नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला कमिटीका पदाधिकारीलाई पूर्णता दिएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो ।
आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो । जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अविराम बिक र सह–सचिबमा सरिता श्रीस रहेका छन् ।
यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी भने एमालेमै फर्किएका छन् ।