बुटवल । एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक एक घण्टाका लागि स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौं अधिवेशनको पाँचौं बैठको अर्को सेसन घण्टापछि सुरु हुने गरी बैठक स्थगित गरिएको जानकारी दिए ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले पार्टीले दुई सांसदलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेको थियो ।
बैठक ३ बजेर १० मिनेटमा चल्ने छ ।