बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनाबपछि पार्टीले आफ्नो बर्चश्व फर्काउने बताएका छन् । पार्टी विभाजन भएपनि ठूलो शक्तिका रुपमा अझै एमाले रहेको दावी गर्दै उनले आगामी चुनाबपछि पनि एमाले ठूलो शक्ति रहने बताएका हुन् ।
नेकपा एमालेले बुटवलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भूसालले भने-" नेकपा एमाले यत्रो ठूलो शक्तिले लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भयौं भने २०७४ सालको बर्चश्व फर्काउँछौं, फर्काउँछौं, फर्काउँछौं। "
नेकपा एमाले समाजिक सांस्कृतिक रुपले समाजमा जरा गाढेको पार्टीको भूमिका अर्को कुनै पार्टीले पनि पुरा गर्न नसक्ने उनको दावी छ । भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’
एमाले ठूलो चोटीबाट पछरिएको भएपनि आत्तिन भने नहुने उनले बताए । उनले भने-"कमरेड साथीहरु हामी यो बीचमा भाँडिएका हौं । यतिखेर घाइते भएका छौं । अव सोच्नु पर्छ मबाट के गल्ति भएको थियो भनेर ।"
उनले पार्टी विभाजन गएर गएका माधव कुमार नेपालले पनि आत्मसमिक्षा गर्नु पर्ने बताए । "यहीँ कुरा माधव कुमार नेपालालज्ई बताउँन सकेनौं । उहाँ आफैले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नु भएन ?"-उनले भने ।
उनले महाधिवेशनपछि एमाले सांगठनिक रुपमा व्यवस्थित हुने पनि दावी गरे ।