बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।
पार्टिका अग्रज र वरिष्ठ नेताहरुलाई साथमा राखेर उनले आफ्नो टिमको उमेद्ववारी घोषणा गरे ।
यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।
न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।
सो अवसरमा काँग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, बावुराम राना,अष्ठभुजा पाठक, हेमराज अर्याल लगायले सफलताको शुभकामना दिएका थिए ।