काठमाडौँ । सकारले दीर्घ रोगीलाइै मासिक रुपमा खर्च रकम दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मृगौला प्रत्यारोपण गरेका क्यान्सर र हृदयघात बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको बताएका हुन् ।
त्यसतै परिवर्तनविरुद्धको आन्दोल गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्बको बजेट ल्याएको छ । केपी शर्मा औल नेतृत्वको पूर्ववर्ती सरकारले बजेट अध्यादेशबाट ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।
आज प्रतिनिधि सभामा सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।