बुटपरवल । पार्टी गठन गरेपछि माधव कुमार न्पालले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।
बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो। पत्रकार सम्मेलनमा सहभागी हुन सम्पूर्ण पत्रकारलाई आह्वान गरेका छन् ।