बुटवल । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्यको नियुक्ति भएका छन् । नियुक्तिपछि उनले आजै पद तथा गोपनीयताको सपथ पनि लिएका छन् । प्रदेश १ को प्रदेश प्रमुख कार्यालयमा आयोजपत कार्यक्रममा उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यसअघि आजै उनी प्रदेशको एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका थिए। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको थियो।