काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यको नियुक्ति हुने भएको छ । त्यसका लागि प्रदेशको एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।
मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार आजै शेधरनले मुख्यमन्त्री पदबाट राजीनामा दिनेछन्। उनको ठाउँमा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।
बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिएपनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाई भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।