बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाल केशीले प्रदेशको लागि नयाँ नारा अघि सारेका छन्। मुख्यमन्त्री भएपछि विश्वासको मत लिन प्रदेशसभामा सम्बोधन गर्दै उनले 'समृद्ध लुम्बिनी आत्मनिर्भर लुम्बिनी' नारा अनुसार अघि बढ्ने उल्लेख गरे। यस अघि शंकर पोखरेल नेतृत्वको सरकारको समृद्ध प्रदेश सुखी प्रदेश नारा रहेको थियो ।
केशीले यस अघिको नारालाई विकसित रुपमा नयाँ नारा बनाएको बताए । ‘यस लुम्बिनी प्रदेशमा पूर्ववर्ती सरकारको सोँचको रुपमा रहेको समृद्ध प्रदेश खुशी जनताको नारालाई विकसित रुपमा समृद्ध लुम्बिनी आत्मनिर्भर लुम्बिनी बनाउने ध्ययका साथ त्यो नारामा केन्द्रीत गरेर यसलाई सार्थक बनाउने ।’ उनले भने।
मुख्यमन्त्री केशीले स्वास्थ्य शिक्षा र कृषि लगायतका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउने दाबी गरे। उनले कोरोना नियन्त्रण मुख्य प्राथमिकता रहेको जानकारी दिए ।