बुटवल- लुम्बिनी प्रदेश सभामा बैठक अवरोध गर्दै एमालेका सांसदले नारा लगाइरहेका बेला माओवादी केन्द्रले एउटा दलको सांसदलाई अर्को दलले कारवाही गर्न मिल्छ भनि प्रश्न गरेको छ। आफ्नो पार्टीले २ सांसदलाई कारवाही गरेको सूचना प्रदेश सभामा दिनुपर्ने माग गर्दै विपक्षी एमालेले प्रदेश सभा बैठक अवरोध गरिरहेको छ ।
विपक्षीले नाराबाजी गरिरहेका बेला माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले विमलाकुमारी खत्री आफ्नो दलको सदस्य भएकाले अर्को पार्टीले कारवाही गर्न नसक्ने बताएका हुन्। 'हाम्रो पार्टीको सदस्य विमला खत्रीको बारेमा जुन कुरा उठाउनुभएको छ। एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ कि मिल्दैन।' उनले भने 'यदि मिल्ने नै हो भने हामीले पनि उहाँहरुको दलकोलाई कारवाही गर्छौं चिठी दिन्छौं । त्यो टाँस्नुभएन भने हामीले पनि सदन अवरुद्ध गर्छौं।'