काठमाडौँ - एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका छन्। नयाँ पार्टीको नाम 'नेकपा एमाले समाजवादी' राखिएको छ। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिले बुधबार जारी गरेपछि नेपालले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गरेका हुन् ।
पार्टीकाे चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ। आयोगले पार्टीको नाम र चुनाव चिन्हको अध्ययन गरेर आफूहरुलाई स्वीकृति दिने सांसद मेटमणि चौधरीले बताए। ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता माधव नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।