काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ ।
बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
दलको नेताबाट मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएका छन् ।
शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।