बुटवल-प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेको छ। सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।
एमालेले आफुले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ।
एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्।
उनले संसदको नियमानुसार नै कारबाही अघि बढ्ने बताए।