बुटवल- लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसन अन्तर्गत पहिलो बैठक केही बेर सुरु भएर स्थगित भएको छ । निर्धारित समय भन्दा डेढ घण्टा ढिला सुरु भएको प्रदेश सभा बैठक प्रमुख विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तिले भोलि दिउसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन् ।
बैठक सुरु हुने वित्तीकै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललले एमालेको संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधी गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सुचना पढेर सुनाउन माग गरे। सभामुख पूर्णबहादुर घर्तिले कारवाहीको पत्र सचिवालयले प्रक्रिया अनुसार अघि बढाउने बताएका थिए ।
त्यसपछि एमालेका सांसदहरुले उठेर लगातार टेबुल ठोकिरहेका थिए। विपक्षी सांसदले टेबुल ठोकिरहँदा सभामुखले प्रदेश सभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद गठन भएको जानकारी प्रदेश सभालाई गराएर बुधबार दिउसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।
यस अघि एमालेले सुर्य चिन्ह लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।