बुटवल - नेकपा एमालेले आजको प्रदेश सभा बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। आजको बैठकमा सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसदलाई कारवाही गरिएको सुचना पढेर सुनाउनुपर्ने एमालेको माग छ।
यस अघि एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको गियो। सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले बताए।
प्रदेश सभाको आजको बैठकमा सभामुखले कारवाही गरेको पत्र पढेर नसुनाए अबरुद्ध गर्ने एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। प्रदेश सभाको नवौं अधिवेसन आजबाट सुरु हुँदै छ।