काठमाडौं-सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । त्यसको तयारीस्वरुप संसद् अधिवेशन अन्त्य गरिएको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नयाँ पार्टी बनाएर सरकारमा सहभागी गराउन सहज हुने भन्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको हो ।
एक्कासी संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि नेकपा एमालेमा तरंग सिर्जना भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई सोमबार राति नै बालकोटमा बोलाएर छलफल गरेका छन् भने आजै स्थायी कमिटी बैठक र संसदीय दलको बैठक बोलाएका छन् ।