बुटवल - सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
मिश्र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए। मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए। यस अघि सरकारले लुम्बनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।