बुटवल - विशेष अधिवेसन अन्तर्गत लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपनि बैठक नियमीत कार्यसूची अनुसार नै अघि बढेको छ ।
प्रदेश सभामा सभामुखले मुख्यमन्त्रीको राजिनामा आएको टेलिफोनमा जानकारी आएको तर आधिकारीक पत्र नआउँदा सम्म प्रदेश सभा नियमित कार्यसूची अनुसारै अघि बढ्ने जानकारी दिए। बैठकमा सत्तापक्षका सांसदहरु भने उपस्थित छैनन्।