बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ। विशेष अधिवेसन आह्वान विरुद्ध सत्तापक्ष एमालेका तर्फबाट प्रदेश सांसद लिला गिरीले प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
उक्त रिटको प्रारम्भीक सुनुवाइको लागि मंगलबार प्रकाशमानसिंह राउतको इजलाशमा पेशी तोकिएको थियो । हिजो हेर्न नभ्याइएपछि आजको लागि सारीएको थियो । आज आनन्दमोहन भट्टराईको इजलासमा पेशी सुचीको आठौँ नम्बरमा उक्त रिट परेको छ।
लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । जसमाथि छलफल गर्न आज प्रदेश सभाको विशेष अधिवेशनमा छलफल हुँदै छ ।