बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउने भएका छन्।
सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टीले सांसद पदबाट मुक्त गरेको थियो।
उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा पत्र तयार गर्दै गरेको र छिटै नै बुझाउने बताए।
उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसद्बाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ।