काठमाडौँ -सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले न्युनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । जस अनुसार आज अपरान्ह सार्वजनिक गर्ने तयारी छ।
शुक्रबार न्युनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन कार्यदलले प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएको थियो। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो।
न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन्।