बुटवल- माओवादी केन्द्रकी सांसद विमलाकुमारी खत्री वली मुख्यमन्त्री कार्यालयमा स्वेच्छाले बसेको प्रदेश सरकारले प्रतिक्रिया दिएको छ । साउन १५ गतेदेखी सम्पर्कविहीन भएकी विमलाले विहिवार पत्रकार सम्मेलन गरि आँफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताएकी थिइन्। त्यसको भोलिपल्ट प्रदेश सरकारका तर्फबाट उनको कुराको खण्डन गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका नाममा रहेको विज्ञप्तीमा सांसद विमला विना करकाप मुख्यमन्त्री निवासमा आएको र स्वेच्छाले ५ दिनसम्म त्यही बसेको उल्लेख गरिएको छ । यद्यपी विज्ञप्ती भने सरकारी लेटर प्याडमा जारी भएको छैन। लेटर प्याडमा नभएको विज्ञप्ती मुख्यमन्त्रीका पे्रेस सल्लाहकार शेरवहादुर केशीले सार्वजनिक गरेका हुन्।
विज्ञप्तीमा भनिएको छ 'आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा वस्ने र त्यहावाट हीड्दाको वखत अपहरण गरी वन्दी वनाई राखेको कुरा मीडीयाको सामु भनेको सुन्दा आश्चर्य लागेको छ । माननीय विमला वलीलाई कसैले करकापमा पारी ल्याएको पनि होईन र साउन १५ देखी साउन १९ गते सम्म स्वेच्छाले वस्नु भएको ।'
प्रमुख सचेतक भूमिश्वर ढकाल एमाले अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते दाङ पुगेको र पत्र बुझीसकेपछि पारिवारिक सल्लाह अनुसार मुख्यमन्त्रीसँग भेट्ने कुरा भएको विज्ञप्तीमा उल्लेख छ । सोही दिन विमला आफ्नो दिदी लगायतका आफन्तीसँग मुख्यमन्त्री निवास आएको र साउन १५ गतेदेखी १९ गतेसम्म बस्दा भेटघाट कुराकानी र फोनमा धेरै जनासँग कुरा भएको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए ।