बुटवल- लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठक आह्वान गरेका छन् । साउन २७ दिनको १ बजे प्रदेश प्रमुखबाट प्रदेश सभाको विशेष अधिवेसन आह्वान भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदशे प्रमुखबाट अधिवेसन आह्वान भएको पुनद्वारा जारी सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव माथि छलफल गर्न उनीहरुले विशेष अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए ।