बुटवल- एक हप्तादेखी सम्पर्क विहिन भएकी भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली सार्वजनिक भएकी छिन्। वलीलाई माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेर सार्वजनिक गराएको हो ।
पत्रकार सम्मेलनमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् । आफ्नो नाममा नेकपा एमालेले फैलाएको भ्रम, जबरजस्ती गराएको कागज र हस्ताक्षर झुटो भएको उल्लेख गरेकी छन्।
साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन् । त्यस विचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको थियो । सोमबार आँफू एमालेमै रहेको भन्दै उनको नाममा विज्ञप्ती सार्वजनिक भएको थियो । यसलाई माओवादी केन्द्रले नक्कली विज्ञप्ती भनेको थियो । उसले वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखीएको आरोप समेत लगाएको थियो । आज पत्रकार सम्मेलन गर्दै माआेवादी केन्द्रमै रहेकाे बताएकी हुन्।