बुटवल- एक हप्तादेखी सम्पर्क विहिन भएकी भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आज सार्वजनिक हुँदै छिन्। वलीलाई माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । दिउसाे १ बजे माओवादी ससदीय दलकाे कार्यालयमा पत्रकार सम्मेलन गरिएकाे दलका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिए।
केही दिन यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन् । त्यस विचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको थियो ।
सोमबार आँफू एमालेमै रहेको भन्दै उनको नाममा विज्ञप्ती सार्वजनिक भएको थियो । यसलाई माओवादी केन्द्रले नक्कली विज्ञप्ती भनेको थियो । उसले वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखीएको आरोप समेत लगाएको थियो। बुधबार पार्टीको सम्पर्कमा आएको माओवादी केन्द्रका नेताले जानकारी गराएका थिए ।