बुटवल-लुम्बिनी प्रदेश सभाका विपक्षी दलले संसदको विशेष अधिवेशनको माग गरेका छन्।
लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई उनीहरुले विशेष अधिवेशन आह्वानका लागि निवेदन दिएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन्।
उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन्।