काठमाडौं । सरकारले लुम्बिनी प्रदेश र गण्डकीका प्रदेश प्रमुख हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी र लुम्बिनीका प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले ओली सरकारबाट नियुक्त गरिएका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीकी सीता पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ प्रदेश प्रमुखमा माओवादीले अमिक शेरचनलाई निरन्तरता दिदैं लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ ।
यसअघि लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर तत्कालीन ओली सरकारले धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो।