काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आधिकारिकता सम्बन्धी विवाद हल गर्न आयोगले दुबै पक्षका कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतको लागि बोलाएको थियो ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।सनाखतका क्रममा ५१ कार्यकारिणी समिति सदस्यमध्य यादवको पक्षमा ३४ जनाले आयोगमा हस्ताक्षर गरेका थिए । महन्त ठाकुर पक्षका १६ जनाको मात्र हस्ताक्षर भएको थियो । जेलबाट आयोग पुगेका रेशम चौधरी कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटष्थ रहेका थिए ।