काठमाडौ - जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । जसपा विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनी सनाखतमा तटस्थ बसेका हुन्।
चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको बताए। 'आज जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,’ उनले भने । आँफू कुनै पक्षमा पनि नभएको र जसपाको एउटा कार्यकर्ता भएको उल्लेख गरे। चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे।