काठमाडौँ - जनता समाजवादी पार्टी ९जसपा० को विवादमा हस्ताक्षर सनाखत गर्न रेशम चौधरी कारागारबाट निर्वाचन आयोग पुगेका छन् । उनलाई दिउसो डिल्लीबजार कारागारबाट निर्वाचन आयोग लगिएको हो ।
चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। उनी नेपाली टोपी, स्टकोट र कुर्ता सुरुवालमा सजिएर आयोग पुगेका थिए। संघीय सांसदको लोगो पनि लगाएका थिए। निर्वाचन आयोगले कार्यकारिणी समितिको हेड काउन्ट गर्दा यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना उभिएका छन्।