काठमाडौँ - जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन्। जसपाका अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए। जेलमा रहेका रेशम चौधरी पनि आफ्नो पक्षमा रहेको यादवले बताए।
डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको र उनी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले बताए। यसअघि महन्त ठाकुरको पक्षमा रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा हस्ताक्षर गरेका छन्।