सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस सम्बन्धी पछिल्लो पोष्ट हटाएको छ।
कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ।
ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए। अन्तर्वार्तामा उनले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताएका थिए।
ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्यभन्दा विपरीत भएको भन्दै फेसबुकले पोष्ट हटाएको प्रष्ट पारेको छ।