काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।
बकिंगम दरबारले गए राती अबेर जारी गरेको सूचना अनुसार महारानी एलिजाबेथको स्कटल्याण्डको बोलमोरलमा निधन भएको हो । उहाँ केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहँदै आउनु भएको थियो ।
उहाँको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उहाँ विश्वकै सबैभन्दा वृद्ध राष्ट्र प्रमुख पनि हुनुहुन्थ्याे । उहाँले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
सन् १९५२ मा उहाँ बेलायतको राजगद्दीमा पुग्नुभएको थियो । अब उहाँका छोरा चार्ल्स देशको नयाँ राजा बन्नुहुनेछ ।