काठमाडौं: आज विश्वमा केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः
३ हजार प्यालेस्टेनी शरणार्थीको हत्या
सन् १९८२ मा लेबनानका दक्षिणपन्थी लडाकुले राजधानी बेरूतमा रहेका दुई ओटा प्यालेस्टेनी शरणार्थी शिविरमा आक्रमण गरी ३ हजार शरणार्थीको हत्या गरेका थिए । दुई वटा शिविरमा रहेका प्यालेस्टेनी शरणार्थीलाई लेबानी क्रिष्चियन फलांगिष्ट समूहमा आबद्ध लडाकुले तीन दिनसम्म हमला गरेका थिए ।
इरानमा विनाशकारी भूकम्प
इरानमा सन् १९७८ मा गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति भएको थियो । ७ दशमलब ७ म्याग्निुच्युडको सो भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भएको थियो भने अरु हजारौं घाइते भएका थिए । भूकम्पका कारण करोडौं डलर क्षति भएको थियो ।
मलेसिया स्थापना
सन् १९६३ मा सबाह, सरवाक र सिंगापुरसमेत एकीकृत गरी मलेसिया महासंघ गठन भएको थियो । तर, दुई वर्षपछि सिंगापुर अलग भएको थियो ।
मोर्टस कर्पोरेसन स्थापना
सन् १९०८ मा अमेरिकाको मिसिगनमा विलियम सी डुरेन्ट र चाल्र्स स्टिवार्ट मोटले स्थापना गरेको मोर्टस कर्पोरसन ट्रक र कार निर्माणको क्षेत्रको अहिलेसम्मकै ठूलो कम्पनी हो ।
जीएम नामलेसमेत चिनिने सो कम्पनीले विक, क्याडिलेस, सिभरोलेट, पोन्टायस र हमर ब्रान्डका कार निर्माण गरेको छ ।
वाल स्ट्रिटमा वम बिस्फोट
सन् १९२० मा न्युयोर्कको वालस्ट्रिटमा अज्ञात समूहले बम बिस्फोट गराउँदा कम्तिमा ३८ जनाको मृत्यु भएको थियो । सो बिस्फोट अझै पनि रहस्यमय छ ।