भैरहवा : भैरहवामा सम्पन्न दोस्रो सिद्धार्थनगर उपप्रमुख महिला कपको उपधि मनकामना वोर्डिङ स्कुल र नेपाल नालान्दा आवसीय वोर्डिङ स्कुलले पाएका छन ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित शुक्रबार देखि जारी प्रतियोगितामा दुवै विद्यालयले समान सबै भन्दा बढि मेडल प्राप्त गरी उपाधि जित्न सफल भएका हुन ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा गत वर्ष देखि महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर प्रतियोगिता आयोजना हुदै आएको छ ।
जितसँगै द्वय विद्यालयले संयुक्त रुपमा उपप्रमुख दोश्रो महिलाकपको रनिगंशिल्ड सहित ३१ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएका छन । दुवै विद्यालयले ३ वटा स्वर्ण, ३ वटा रजत र १ वटा कास्य पाए सँगै रनिङ सिल्ड ६–६ महिना राख्ने शर्तमा प्रदान गरिएको व्यवस्थापन संस्थाका अध्यक्ष गम्भिर गुरुङले जानकारी दिए ।
एथलेटिक्स जुनियर तर्फ भएको प्रतियोगितामा मनकामना बोर्डिगं स्कुल प्रथम, नेपाल नालन्दा बोर्डिगं स्कुल दोश्रो र साइ ग्लोबल तेश्रो भएको छ भने एथलेटिक्समा सिनियर तर्फ नेपाल नालन्दा बोर्डिगं स्कुल प्रथम, जेसिज बार्डिगं स्कुल दोश्रो र आर्दश विद्या मन्दिर र साइ ग्लोबलले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको सचिव युवराज पोखरेलले बताए ।
कक्षा १० स्तरीय छात्रा भलिबल तर्फ मनकामना बोर्डिगं स्कुल प्रथम आदर्श विद्यामन्दिर दोश्रो र नेपाल नालन्दा बोर्डिगं स्कुल तेश्रो भएको छ भने वक्तृत्वकला प्रतियोगितामा मनकामना बोर्डिगं स्कुलकी झरना जिसी प्रथम, जेसिस इगंलिस बोर्डिगं स्कुलकी प्रिति मरासिनी दोश्रो ,नेपाल नालन्दा बोर्डिगं स्कुलकी आयुसा ज्ञवाली तेश्रो र बुद्धज्ञान निकेतन की मेहेक मनसुरी सान्त्वना भएको निर्णायक बालकृष्ण भट्राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिता उद्घाटन पूर्व भएको प्रभातफेरीमा सहभागी विद्यालय मध्ये प्रथम बुद्धज्ञान निकेतन ,दोश्रो लुम्बिनी श्रृजना बोर्डिगं स्कुल र आर्दश विद्या मन्दिर तेश्रो स्थान प्राप्त गरी पुरस्कृत भएका छन । नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि संविधानसभा सदस्य आदित्य नारायण कशौधनले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी कसौधनले छात्राहरुलाई मात्र केन्द्रित गरेर आयोजना भएको प्रतियोगिताले खेलकुदमा महिलाको पहुचलाई सुनिश्चतता गर्न, विद्यालयका छात्राहरुमा सिप कला प्रष्फुटन गर्न सहयोग भएको बताए ।
खुला रुपमा छात्र सरह प्रतिस्पर्धामा गर्न प्रतियोगिताले भुमिका खेलेको छ, महिलाकपमा महिला हक अधिकार बढि भन्दा बढि प्रयोग गर्दै अघि बढ्न आग्रह गर्दै खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हरिप्रसाद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले सिद्धार्थनगरले खेललाई महत्व दिएकोले यसलाई सफल बनाउन र निरन्तरता दिन नगरवासीलाई अनुरोध गरे । हामीले खेलाडीलाई प्रोत्सहान गर्ने निति बनाउने कार्यक्रम ल्याउने हो, सफल बनाई बढि भन्दा बढि फाइदा नगरवासीले लिनु पर्छ । काम गर्दै जादा कमिकमजोरी हुन्छन त्यसलाई हटाउदै नगरमा खेलाडी उत्पादन गर्ने तर्फ हामी लागेको बताए ।
सामुदायिक विद्यालय परिवारको व्यवस्थापनमा संघीय प्रहरी इकाई कार्यालय भैरहवामा भएको प्रतियोगिता सम्पनन गर्न अहम भुमिका खेल्ने सहयोगी हातहरुलाई समेत सम्मान गरिएको खेल संयोजक विष्णु पन्थीले जानकारी दिए ।
खेल क्षेत्रमा अब्बल मानिने सामुदायिक विद्यालयले प्रतियोगितामा यस वर्ष सहभागिता जनाएका थिएनन । नगरपालिकाले खेलाडी सहभागीका लागि विद्यालयले दिएको निवेदन नगरपालिकामा दर्ता नगरी निजी स्कुलमा दर्ता गर्न भने पछि सामुदायिक विद्यालयले प्रतियोगिता बहिष्कार गरेका थिए ।