भैरहवा : सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता आजबाट भैरहवामा सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित गत वर्ष देखि आयोजना हुदै आएको प्रतियोगिताको आज प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले उद्घाटन गरेका हुन ।
खेलको उद्घाटन गर्दै नेता भुसालले स्थानीय सरकारको आयोजना छात्राहरु बीच मात्र भएको यो प्रतियोगिता नगरको विकासका लागि लामो श्रृङखलाको ठूलो कडी रहेको बताए । त्यस्तै विशिष्ट अतिथी संविधान सभा सदस्य आदित्य नारायण कसौधन, उप प्रमुख हरि अधिकारीले खेलकुदमा महिलाको पहुचलाई सुनिश्चतता गर्न, विद्यालयका छात्राहरुमा सिप कला कौशल प्रदर्शन गर्न यो प्रतियोगिताले भुमिका खेल्ने बताए ।
महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर अहिले दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी अध्यक्ष उमा काफ्लेले बताइन ।
गत वर्ष कोभिड महामारीले हामी भलिबल, तेकवान्दोे र वकृत्वकला प्रतियोगिता आयोजना गरेपनि यस वर्ष विद्यालयका साना भाइबहिनीहरुको सहभागिता होस भन्ने उद्देश्यले दौड, रिले दौड, लङजम्प, सटपुट, २ समूहमा बर्गिकरण गरी र कक्षा १० सम्मका छात्राहरुलाई सहभागीतामा भलिबल र बकृत्वकला प्रतियोगिता आयोजना गरिएको उपप्रमुख काफ्लेले बताइन ।
सिद्धार्थनगर नगरपालिकाका २७ विद्यालयका छात्राहरुले खेलमा सहभागिता जनाएको खेल संयोजक विष्णु पन्थीले बताए । प्रतियोगिताको उद्घाटन पूर्व नगर परिक्रमा गरिएको थियो, भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको ¥याली खेल मैदान स्थाल संघीय इकाई प्रहरी कार्यालय परिसरमा पुगेको थियो ।
सिद्धार्थनगर नगरपालिकाको आयोजना र सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा सुरु भएकोे प्रतियोगिताका विजेताले रनिङ सिल्ड सहितको पुरस्कार पाउने छन । गत वर्षको विजेता आदर्श विद्या मन्दिरले रनिङ सिल्ड पाएको थियो ।