गुल्मी- फोर्टिन स्टार युवा क्लवले गुल्मी जिल्ला भित्रका मावि (कक्षा १०) स्तरिय फुटवल प्रतियोगीताको आयोजना गरेको छ। क्लवले पत्रकार सम्मेलन मार्फत क्लवको १० औ बार्षिक उत्सवको अवसरमा ‘फोर्टिन स्टार फुटवल कप–२०७७’ को बारेमा जानकारी गराएको छ।
क्लवका अनुसार आगामी चैत ३ गतेदेखि ७ गतेसम्म तम्घासको चिदिचौर खेल मैदानमा प्रतियोगीता संचालन हुनेछ। मावि र स्थानीय स्तरबाटै फुटवल खेल प्रति रुचि जगाएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले क्लवले लिएको छ। खेलमा सफलता र असफलता प्रतिस्प्रर्धाबाट निर्धारण हुन्छ। तर, कम्तिमा खेलाडीलाई जिल्ला स्तरमा अग्रसर र परिचित हुने मौका भएकाले गाउँ–गाउँका बिद्यालयबाट खेलाडी सहभागी गराउन बिद्यालयलाई क्लवका अध्यक्ष बिक्रमसिंह बुढाथोकीले आग्रह गरे। ‘अधिकांश बिद्यालयलाई सहभागी गराउने योजना बनाएका छौ,’उनले भने,‘यो गाउँका बिद्यालयहरुको लागि अवसर पनि हो।’
प्रतियोगीतामा बिजेताले ३५ हजार र उपबिजेताले २५ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछन्। यो मावि स्तरको सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगीता भएको क्लवका महासचिव नारायण आचार्यले दावी गरे। यस अघि पनि क्लवले ३३ हजार ३ सय ३३ राशीको फुटवल प्रतियोगिता आयोजना गरेको महासचिव आचार्यले जानकारी दिए।
क्लवले ५० हजार मुख्य प्रायोजक र २५ हजार सह–प्रायोजकको लागि २५ हजार मुल्य निर्धारण गरिएको उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए। उनले निष्पक्ष रुपमा आफुहरु खेल क्षेत्रको विकासको निम्ती निरन्तर क्रियाशिल र सामाजिक कार्यमा पनि सक्रिय भएकाले सहयोगको लागि सवैसंग अनुरोध गरे।