बुटवल-तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीका अध्यक्ष सुनिल ढुंगानाको ६३ बर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको हो ।
नेपालको तर्फबाट बिभिन्न राष्ट्रिय खेल समेत खेलेका ढुंगाना पछिल्लो समय क्रिकेटमा नयाँ पुस्ता तयार पार्ने अभियानमा लाग्दै आएका थिए।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निबासी ढुंगानाका १ श्रीमती, एक छोरा र ३ छोरी रहेका छन् । ढुंगानाको मंगलबार योगीकुटी स्थित मगरघाटमा अन्त्येष्टि गरिएको छ।