इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा सुपर ओभरमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई पराजित गरेको छ।
यो सिजनको आइपिएलको दोस्रो खेलमा सुपर ओभरमा दिल्लीले ६ बलमा तीन रन बनाएको थियो। दिल्लीका मोहम्मद शमीले एक वाइड बल फ्याँके। त्यसपछि ऋषभ पन्तले दुई रन लिएर टिमलाई जित दिलाएका हुन्।
यसअघि सुपर ओभरमा पञ्जाबले दुई विकेट गुमाएर दुई रन बनाएको थियो। केएल राहुलले दुई रन बनाएका हुन्। दुई विकेट गुमाएकाले सुपर ओभरमा पञ्जाबले मात्रै तीन बल प्रहार गर्न पायो।
दिल्लीले पहिले ब्याटिङ्ग गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। त्यसपछि किंग्स इलाभेन पञ्जाबले पनि २० ओभरमा ८ विकेट नै गुमाएर १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।