काठमाडौं । नेपाली क्रिकेट टोलीले फेरी अर्को फाइनल खेल हारेर उपाधिबाट विमूख भएको छ।
एकदिन अघि मात्रै ८५ रनको फराकिलो अन्तरले हराएको पपुवा न्यु गिनी (पिएनजी) अघि फाइनल खेलमा नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गर्दा ८६ रनको लज्जास्पद हार ब्यहोरेको छ।
सन्दीप जोराले १७, आरिफ शेखले १५, रोहित पौडेलले १२ रन नै मुख्य योगदान रह्यो । बाँकीले दोहोरो अंक समेत जोड्न सकेनन्। पिएनजीका बलरहरूमा काबुवा मोरिया, सेमो कामिया, चाद सुपर र सेसे बाउले २।२ विकेट लिए। एलेइ नाउले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियो। जसमा पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले १० बलमा ३० रनको योगदान दिए।
बलिङमा कुशल भुर्तेले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए भने आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट, करन केसीले चार ओभरमा ३२ रन खर्चिएर एक विकेट र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिएका थिए।