बुटवल । जापान गोजुरियो कराते डो मिसन संघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षमा प्रेमबहादुर जीएम निर्वाचित हुनुभएको छ ।
आज तिलोत्तमामा भएको संघको प्रथम अधिवेशनले जीएमको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिती गठन गरेको हो ।
समितिको उपाध्यक्षमा ज्ञानप्रकाश चौधरी, सचिवमा भूपाल गुरुङ र कोषाध्यक्षमा माधव चौधरी रहनुभएको छ । संघको सदस्यहरुमा निरु गौतम, एकु थापा, प्रविण क्षेत्री, विवेक एस के बोहरा, टिका थापा, धिरज पुन, सुनिलकुमार गौड, पुष्पनाथ शर्मा, बुद्धबहादुर परियार, उमाशंकर खड्का, यमबहादुर थापा, सुमनकुमार शर्मा र नविनकुमार सेन रहनुभएको निर्वाचन अधिकृत जगत रायमाझीले जानकारी दिनुभयो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सद्स्य सचिब जयप्रकाश भट्टराईले सरकारले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । “ मान्छेले बरु देश नचिन्न सक्छ तर खेलाडी चिनिन्छ । त्यसैले यसको प्रवद्र्धनमा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

जापान गोजुरियो कराते डो मिसन संघका प्रमुख सल्लाहकार भरतबहादुर केसीले कराते खेलाडिले विश्वमा नेपाल र नेपालीको मान बढाएको बताउनुभयो । मिसन गोजुरियो करातेले उत्कृष्ट प्रदर्शन गर्दै अन्तरास्ट्रिय स्तरमा आफुलाइ सशक्त रुपमा उभ्याउन सफल भएको भन्दै विभिन्न देशमा भएका प्रतियोगितामा नेपाली खेलाडी लगातार विजयी हासिल गरेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रशिक्षक केबि राना (काजी) ले खेलप्रतिको लगाब र इमान्दारिताले मात्रै सफल खेलाडीको पहिचान झल्काउने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “खेल कला र कौशल हो । यसलाई बढाउदै लैजानु पर्छ तर, यसको गलत प्रयोग हुनुहुँदैन”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका महासचिव बासु बस्याल, रुपन्देही खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक उमेश थापा, मिसन संघका जिल्ला अध्यक्ष उमेश थापा, उपभोक्ता मञ्च रुपन्देहीका उपाध्यक्ष भगवती भण्डारी, उमाशंंकर खड्का लगायतले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सरोज क्षेत्री, सोनिया विश्वकर्मा, रजिना दर्लामी र मिलन श्रीसलाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो ।
