बुटवल । विभागिय टोली नेपाल प्रहरीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ ।
शनिबारदेखी बुटवलमा शुरु भएको २२ औं तिलोत्तमा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा मनाङ मस्र्याङदीले २-१ गोल अन्तरले नेपाल प्रहरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
भोलीदेखी सेमिफाईनलको खेलहरु सुरु हुनेछन । सेमिफाईनलको पहिलो खेल आयोजक रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको सुदुरपश्चिम ११ र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थ्री स्टार क्लब बिच भोली खेल हुनेछ ।
त्यस्तै विभागिय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको फ्रेण्डस क्लब र आज नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको मनाङ मस्र्याङदी क्लब बिचको सेमिफाईनल खेल पर्सि हुनेछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।