काठमाडौं । युएईमा आजदेखि सुरु हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु हुनेछ ।
सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रनेछ ।
यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् ।