बुटवल । भारतको महाराष्ट्र प्रदेशको पुने शहरमा सम्पन्न एनकेएफआई अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ च्याम्पिएनसिपमा नेपालले १० स्वर्ण पदक हात पारेको छ ।
भारतको महाराष्ट्र प्रदेशको पुने शहर स्थित नेताजी सुवास चन्द्र बोस मिल्ट्री स्कुल इनडोर स्टेडियममा भएको प्रतियोगिता १० स्वर्ण, २ रजत पदक सहित १२ पदकसहित नेपाल दोस्रो भएको हो । श्रीलंका प्रथम भएको छ ।
प्रतिया्गितामा अन्तर आठ उमेर समुहमा रुपन्देहीका सिद्धार्थ रानाले कुमुते तर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभयोे भने काता तर्फरजत पदक प्राप्त गर्नुभयो ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/322492736_1259049941623319_4838857713929384119_n(1).jpg)
कुमुते तर्फ ५० केजी सिनियर समुहमा बिपिन राना र मिलन श्रीसले ५५ केजी समूहमा स्वर्ण पदक प्राप्त गर्नुभयो ।
सन्तु थारूले ६० केजी समूहमा कास्य , सुमन परियारले ६८ केजी समूहमा स्वर्ण , सरोज थापा ६७ केजी समूहमा स्वर्ण, गोविन्द कुँवर क्षेत्रीले ६१ केजी समूहमा नेपाललाई स्वर्ण पदक दिलाउनुभयो ।
त्यस्तै जुनियरतर्फ ४० केजी समूहमा नेहा श्रीसले स्वर्ण पदक, सोनिया बिश्वकर्माले ४५ केजी समूहमा स्वर्ण, आकृती डम्मरपाल रानाले ५० केजी समूहमा स्वर्ण र रिमा कुमालले ६८ केजी समूहमा स्वर्ण पदक जित्नुभयो ।
उक्त च्याम्पियनसीपमा नेपाल, भारत, बंगलादेश श्रीलंका र भुटानका राष्ट्रिय स्तरका कराँते खेलाडी सहभागी थिए । नेपालबाट जापान गोजूरियो कराते डो मिसन संघमा आबद्ध विभिन्न तौल समूहका एघार जना राष्ट्रिय कराँते खेलाडीहरू सहभागी रहेकामा सबै खेलाडीहरूले पदक हासिल गरेका प्रमुख प्रशिक्षक एंव संघका केन्द्रीय अध्यक्ष केबि राना (काजी) ले जानकारी दिनुभयो ।
यस अगाडिका प्रतियोगितामा प्रथम हुँदै आएको नेपाल यसपटक खेलाडी संख्या कम भएका कारण यस पटक दोस्रो हुनुपरेको उहाँको भनाइ छ । प्रतियोगिता यहि डिसेम्बर २६ र २७ गते भएको थियो ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/321299770_662927232294153_4724010761547100852_n.jpg)