बुटवल । रेडियो मुक्ति ९५ थोप्लो ५ बुटवलले पन्ध्रौ बर्ष प्रवेशकोे अवसरमा तेस्रो फुटसल प्रतियोगिता गर्ने भएको छ । महिला सशक्तीकरणका लागि खेल भन्ने नाराका साथ भोलि महिला फुटसल प्रतियोगिता आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । महिला तथा किशोरीहरुलाई शसक्त बनाउन खेलकुद एउटा माध्यम हुन सक्ने भएकाले फुटसलको आयोजन गरिएको रेडियो मुक्तीका अध्यक्ष खेमकुमारी पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलले खेलकुदमा महिलाले आफू कमजोर वा असक्षम छु भन्ने गलत सोच चिर्न मद्दत पुग्छ भन्ने अपेक्षा गरेको बताउनुभयो ।
प्रतियोगिता तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको मोनालिसा फुटसल ग्राउण्डमा शुक्रबार बिहान १० बजेबाट शुरु हुनेछ । फुटसल प्रतियोगिता बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतियोगितामा रुपन्देही र पाल्पाका गरी बिभिन्न क्षेत्रका १३ महिला समुहको सहभागिता रहने रेडियोका बजार ब्यबस्थापक शुशीला पोखरेलले जानकारी दिनुभयो । २०६५ साल पुस नौ गतेबाट औचारिक शुभारम्भ भएको रेडियो रेडियो मुक्ति महिलाहरुको लगानी र सञ्चालनमा दैनिक १८ घण्टा प्रसारण हुदै आएको छ ।
बुटवल उपमहानगर मुख्य समन्वयमा हुन गइरहेको प्रतियोगितामा बिजेता हुनेले नगद १२ हजार ५ सय शिल्ड ,मेडल र प्रमाण पत्र , उप बिजेता हुनेले नगद ६ हजार ५०० शिल्ड, मेडल र प्रमाणपत्र र बिभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई आर्कषक पुरस्कार र प्रमाण पत्रको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलमा रेफ्रीको भुमिकामा स्वष्तिक श्रेष्ठ र दिपक न्यौपाने रहनुभएको छ ।