एजेन्सी- भारतकाे वाराणसीमा भएकाे एक वैवाहिक समाराेहमा दुलाहा दुलहीले एकअर्कालाई प्याज र लसुनकाे माला लगाइ दिएका छन्। उनीहरुले फूलकाे मालाकाे सट्टामा प्याज र लसुनकाे माला लगाइ दिएका हुन्।
विवाहमा आएका पाहुनाहरुले पनि नवदम्पतीलाई उपहारको रूपमा टाेकरीमा प्याज र लहसुन दिएका थिए। पछिल्ला महिनाहरुमा प्याजकाे मूल्य महंगिएकाे छ। महंगाइकाे विराेधमा उनीहरुले विवाहमा प्याज र लसुनकाे माला प्रयाेग गरेका हुन्।
वाराणसीमा अझै प्याज प्रति किलाे १२० भारु छ।