काठमाडाैँ- भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार भी २१ मा ४४ एम.पी ओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ जसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पी ओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पी ओ.आई.एस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।
भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ र भी २१ को बजार प्रवद्र्धनमा उनको दृश्यहरु महत्वपूर्णरुपमा समावेश गरिएको छ ।
बिक्रीको शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत श्री मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए। भिभो नेपालको ब्राण्ड मैनेजर श्री पेङ्ग दा ले भी सिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने भएकोले हामी त्यसमा गौरव गरेको उल्लेख गरे । भी २१ नेपालमा जुलाई २०, २०२१ बाट रु ४९,९९९ मा उपलब्ध हुनेछ।